धनगढी,१ साउन । दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिकलाई चार लाख १२ हजार नगद घुस सहित पक्राउ गरेको छ । अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जनाएको छ ।
उनीहरूको साथबाट ४५ लाख ६० हजारका पाँच थान चेक र अशोकको नाममा काटिएको दुई लाख ५० हजारका थप दुई थान चेकसमेत बरामद गरिएको अख्तियारले जनाएको छ । स्रोतका अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले दुबै जनालाई धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट पक्राउ गरेको हो। उनीहरुले कृषक समूहको बिल भुक्तानीका क्रममा घुस रकम मागेका थिए।