धनगढी,३१ असार । धनगढीका एक युवक कञ्चनपुरमा मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका–३ विशालनगरका ३५ वर्षीय जीवन लामा भीमदत्त नगरपालिका–४ विद्युत कार्यालय अगाडि मृत अवस्थामा फेला परेका हुन् ।
उनी भीमदत्त–६ स्थित विनोद अटो वर्क शपमा काम गर्दै आएका प्रहरीले बताएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भइरेको बताइएको छ ।
