धनगढी,२८ असार । कञ्नचनपुरको बेलडाँडी गाउँपालिका भएर बग्ने चौधर नदीको बाढीमा परी वेपत्ता भएका चौधरीको शव पाँच दिनपछि फेला परेको छ । केहि दिन अघि आएको अविरल बर्षाका कारण बेलडाँडी गाउपलिका–५ चौधर नदिमा आएको बढीले बगाउँदा माछा मार्न गएका बेलडाँडी गाउँपालिका–३ बैवाहाका २३ वर्षीया डम्बर चौधरीको शव पाँच दिनपछि फेला परेको हो ।
चौधरीको शव नदिले बगाएर बेपत्ता भएको स्थान देखि ५र६ किलोमिटर अगाडि भारत तर्फपट्टी मृतकका आफन्त र स्थानियको सहयोगमा शव विहिबार २७ गते साझतिर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक उमेश जोशीले बताए ।
