• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रविधिमैत्री किसान, धान रोपाइँ र थ्रेसिङ सँगसँगै

धनगढी,२७ असार । कैलालीको कैलारी गाउँपालिका ६ का प्रभात कुमार चौधरी असारमा पाकेको चैते धान भित्र्याएर बर्खे धान रोप्न भ्याइसकेका छन् । चैते धान काटे लगत्तै उनले बर्खे धानको रोपाइँ गरेका हुन् । प्रविधिको विकाससँगै किसानलाई कृषियन्त्रको प्रयोगले खेतीमा सहजता भएको छ । धानको रोपाइँदेखि खेतमै थे्रसिङ गर्ने कृषियन्त्र प्रयोग गर्न थालेपछि पछिल्लो समय एक लटको धानको थ्रेसिङ र अर्को लटको धानको रोपाइँ सँगसँगै सम्भव भएको हो ।

प्रभात चौधरीले भने, ‘यन्त्र–उपकरण नभएको भए कहाँ गर्न सकिथ्यो रु यन्त्र–उपकरणले खेती गर्न निकै सहज भएको छ ।’ कैलारी–२, कैलारी गाउँका तिलक चौधरीले पनि एक बिघा जमिनमा रोपिएको चैते धान असारमा भित्र्याएका छन् । खेतको खनजोतदेखि बाली भित्र्याउँदासम्म उनी आधुनिक मेसिन प्रयोग गर्छन् । पाकेको धान पनि उनले कम्पेन मेसिनको मद्दतमा भित्र्याएका हुन्, जसले धान काट्ने कामसँगै थे्रसिङ पनि गर्छ । उनले भने, ‘प्रविधिको प्रयोगले लागत घटाउँछ । प्रविधिको प्रयोगमा मौसम प्रतिकूलताको खासै प्रभाव रहन्न । मेसिन नभएको भए यो असारमा सँगै धान काट्न र थ्रेसिङ गर्नु, त्यसपछि अर्को धान बाली रोप्नु सम्भव नै थिएन नि ।’

किसानहरू धानका साथै गहुँ बालीमा प्रविधिको प्रयोगमा अग्रसर छन् । भजनी नगरपालिका–७ लालबोझीका कृषक खोजराम चौधरीले धान, गहुँलगायत बाली थ्रेसिङमा कम्पेनको प्रयोग गर्दै आएको बताउँछन् । उनले भने, ‘कम्पेनले गहुँ काटेर सिधै दाना निकाल्ने गरेको छ । यसले एकै दिनमा धेरै गहुँ काट्न सकिन्छ । निकै सजिलो छ ।’ चैते धान भित्र्याइसकेपछि लगत्तै रोपाइँ गर्दा चैते धानको परालसहितको भागले हरियो मलको काम गर्ने तिलक चौधरी बताउँछन् ।

पछिल्लो समय कैलालीका किसान खनजोतका लागि पावर टिलर, रोटाभेट, सिडड्रिल, कम्पेनलगायत प्रविधि प्रयोगमा अग्रसर देखिएका छन् । प्रविधिकै प्रयोगले उनीहरू वर्षमा ३ बालीसम्म लिन सफल हुँदै आएका छन् । किसानहरू धानका साथै गहुँ बालीमा प्रविधिको प्रयोगमा अग्रसर छन् । भजनी नगरपालिका–७ लालबोझीका कृषक खोजराम चौधरीले धान, गहुँलगायत बाली थ्रेसिङमा कम्पेनको प्रयोग गर्दै आएको बताउँछन् । उनले भने, ‘कम्पेनले गहुँ काटेर सिधै दाना निकाल्ने गरेको छ । यसले एकै दिनमा धेरै गहुँ काट्न सकिन्छ । निकै सजिलो छ ।’ कम्पेनले काटेको गहुँ थ्रेसिङ गर्नुपर्ने झन्झट नरहने चौधरीको अनुभव छ ।

किसानको हिसाब किताब

कृषि यन्त्रको प्रयोगले किसानहरू मनग्य आम्दानी लिन थालेका छन् । बेनौलीका कृषक प्रभात चौधरीले ५ कट्ठा जमिनमा १३ क्वीन्टलसम्म चैते धान फलाउन सफल भएको बताए । ५ कट्ठा जमिनमा खेती गर्दा उनको १७ हजारसम्म खर्च आएको थियो । ३५ सय रुपैयाँ प्रति क्वीन्टलका दरले धान बिक्री गरेका उनले राम्रो मुनाफा भएको भन्दै खुसी व्यक्त गरे ।

कैलाली सुदूरपश्चिममा प्रमुख धान हुने जिल्ला मानिन्छ । कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीका अनुसार यहाँ ६७ हजार ४३६ हेक्टर क्षेत्रमा धान खेती हुन्छ । जसमा १ हजार १५० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुन्छ । त्यस्तै तिलक चौधरीले १ बिघामा ३० क्वीन्टल चैते धान फलाएका छन् । जसमा उनको २० देखि २५ हजार रुपैयाँ खर्च आएको थियो । चार महिनाको अवधिमा एक बिघा जमिनमा धान खेतीबाट ७५ हजारसम्म खुद मुनाफा लिन उनी सफल भएका छन् ।

कैलाली सुदूरपश्चिममा प्रमुख धान हुने जिल्ला मानिन्छ । कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीका अनुसार यहाँ ६७ हजार ४३६ हेक्टर क्षेत्रमा धान खेती हुन्छ । जसमा १ हजार १५० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुन्छ । अधिकांश किसानले व्यावसायिक रूपले खेती गर्दै आएको कृषि प्रसार अधिकृत चौधरी बताउँछन् ।

बिहिबार, असार २८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.