• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा विपद् प्रतिकार्यको विस्तृत योजना डिपीआर स्वीकृत

धनगढी,२७ असार । कैलालीका स्थानीय तहहरू, कलस्टर, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयहरूको भूमिका, काम, कर्तव्य र अधिकारसहितको विस्तृत योजना प्रतिवेदन (डिपीआर) स्वीकृत भएको छ। कैलालीमा विपद् पूर्व र विपद्पछि गर्ने खोज तथा उद्धार, राहत वितरण, औषधीउपचार र पुनर्स्थापनाका योजनासहितको डिपीआर लागु भएको हो।

जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले डिपीआर स्वीकृत गरेको बताए। उनले भने, ‘विपद्मा हुने खोज तथा उद्धार, राहत, कुन घटनामा कसरी काम गर्ने रु विपद्मा हुन सक्ने घटना र घटनापछिका प्रक्रियाहरूमा कुन निकायको का के हुने रु सबै खुलाएका छौ। कार्यालय मात्र होइन व्यक्ति नै तोकेका छौ। उहाँहरूको फोन नम्बरसमेत छ।’

कैलालीको पहाडी भू–भागमा पहिरो र तराइ क्षेत्रमा बाढीको बढी जोखिम हुन्छ। जिल्लामा चट्याङबाट समेत मृत्यु हुनेको सङ्ख्या बढ्दो छ। पहिरो तथा बाढी प्रभावित क्षेत्रको तथ्याङ्क सङ्कलन, प्रभावितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण, बाढी र पहिरो पछिको खोज तथा उद्धार, राहत वितरण तथा औषधीउपचारका लागि कार्यालयसँगै व्यक्तिलाई नै जिम्मा दिइएको छ। विपद्का घटनामा कसको भूमिका कस्तो हुने भनेर डिपीआरमा उल्लेख गरिएको छ।

सोही डिपीआरका आधारमा जिल्लामा पिपद् प्रतिकार्यको काम हुनेछ। जोशीले भने, ‘डिपीआरको मर्ममा रहेर विपद्को घटनामा काम गर्ने छौ। डिपीआर बनाउदा स्थानीय तह, कलस्टर, कार्यालयहरू र तालिम प्राप्त व्याक्तिहरूको अनुभव समावेश गरेका छौ।’ विपद् प्रतिकार्य योजना २०६८ को १३ औँ अद्यावधिक स्वीकृत भएको छ। विपद्का घटनाहरूमा अनुभवसमेत डिपीआरमा समेटिएको छ। विपद्का घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिकासमेत डिपीआरमा समावेश गरिएको छ। विपद्को आँकलन, विपद्मा परेकाको उद्धार, राहत वितरण, औषधी उपचार गर्ने व्यक्तिहरूका सम्पर्क नम्बरसमेत समावेश गरिएको छ।

बिहिबार, असार २८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.