धनगढी,२६ असार ।आज देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर रहेको मनसुनी वायुको प्रभावका कारण आंशिकदेखि साधारण बदली रहेको जनाएको छ । आगामी तिन दिन मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाब, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तो छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको बुलेटिन :

