• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बाढी,पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न एमालेको माग

धनगढी,२५ असार । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेशमा विपद्बाट क्षति पुगेकाहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन् । उनले अझै वर्षा हुन सक्ने भन्दै सचेत रहन र जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा राख्न पनि आग्रह गरेका छन् ।

पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको थियो । तीन दिनमा कञ्चनपुर र डडेल्धुरामा गरि पाँच जनाको ज्यान गुमाएका थिए भने दुई जना अझै बेपत्ता छन् । बेपत्ताहरूको खोजीमा पनि सबै निकायले तदारुकता देखाउन उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

‘बाढी र पहिलोबाट भएको भएको क्षतिको यकिन तथ्याङ्क संकलन गरि तत्काल उनीहरूलाई राहतको व्यवस्था गर्न सरकारसँग संसदीय दल माग गर्दछ ’ दलका नेता रावलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अझै पनि झरी पर्न सक्ने हुँदा जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र विपद्मा सबैले सबैलाई साथ दिएर आफू पनि जोगिन र अरूलाई पनि जोगाउन पनि हार्दिक आह्वान गर्दछौँ । सरकारका सबै निकाय, सुरक्षा संयन्त्र लगायत सम्पूर्ण नागरिकहरू समेत सचेत रहँदै विपद्मा भएकाहरूको उद्धार र राहतका साथै बाढी पछि फैलिन सक्ने संक्रमणको रोकथामका लागि पनि उचित व्यवस्था गर्न माग गर्दछु । ’

बाढी पछि फैलिन सक्ने संक्रमणको रोकथामका लागि पनि उचित व्यवस्था गर्न उनले सरकारसँग माग गरेका छन् । सोमबार पुनर्वास नगरपालिका–५ (ग) गाउँ रातोखालेको पानीका डुबेर सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटीको मृत्यु भएको छ । त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की सङ्गीता धामीका सात महिने बालकको डुबेर मृत्यु भएको छ । उता डडेल्धुराको पहिरामा परी परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको छ । कैलाली कञ्चनपुरमा दुई जना बेपत्ता भएका छन् ।

मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.