धनगढी,२४ असार । पहिरोले बैतडीको पाटन नगरपालिका – ९ बिजयपुरमा अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु भएको छ । पछिल्लो पटक आइतबार राती गएको पहिरो हटाएर सडक सुचारु गरिएको खोड्पे प्रहरी चौकीले जनाएको छ ।
सोही क्षेत्रमा आइतबार बिहान पनि पहिरो गएको थियो । उक्त पहिरो हटाएर आइतबार दिउँसो सडक सुचारु गरिएकोमा साझ पुन पहिरोले सडक अवरुद्ध भएको थियो । उक्त पहिरो सोमबार हटाएर सडक सुचारु गरिएको हो । लगातारको वर्षाका कारण पटक पटक जयपृथ्वी राजमार्ग अवरुद्ध भइरहेको छ ।