धनगढी,२४ असार । धनगढीमा लागुऔषधसहित दार्चुलाकी आरती धामी पक्राउ परेकी छन् । उनी हिजो राति धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट २१० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले दार्चुलाको महाकाली नगरपालिका-४ बस्ने २१ वर्षीया धामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।