धनगढी ,२२ असार । लगातारको बर्षाले बैतडीका तीन घरमा क्षति भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका,पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा एक एक घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । वर्षापछि शनिबार दिउँसो दशरथचन्द नगरपािलका ९ गुवाडा स्थित मनध्वज रानाको दुईतले कच्ची घर भत्किएको छ । उक्त घरमा बसोबास नभएकाले मानवीय क्षति भने भएको छैन् ।