काठमाडौंः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाईटट ह्याक भएको छ । शुक्रवार बिहान १०ः३० मा वेभसाईट ह्याक भएको हो ।
कार्यालयका सूचना अधिकारी जगदीशप्रसाद जोशीका अनुसार साइट ह्याक भएपछि अहिले हेर्न नमिल्ने भएको छ । वेभसाईट ह्याक भएको थाहा हुनासाथ सूचना प्रविधि विभाग काठमाडौंमा खबर गरेर साइट रिकभर गर्ने काम भइरहेको सूचना अधिकारी जोशीले बताए ।
