धनगढी, २१ असार । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार छायाँनाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजङ रावलको डुबेर मृत्यु भएको हो ।
मृतक रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै थिए । अरु चार जना साथीहरुसँग तालको छेउमा पौडी खेल्दा उनको मृत्यु भएको उनका काका नरेन्द्र रावलले बताए । शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।