• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सरकारको काम ठिक छैन : प्रदेश प्रमुख

धनगढी,१९ असार । सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाले सुदूरपश्चिम प्रमुख सरकारले आशालाग्दो काम गर्न नसकेको बताएका छन् । अछाम जाने क्रममा डोटी पुगेका मियाले दलहरू सत्ता टिकाउन र ढलाउनमा बढी सक्रिय भएका कारण सन्तोषजनक काम नभएको बताए । ‘प्रदेशको समग्र विकासमा दलहरू जसरी लाग्नु पर्ने हो त्यसरी लागेको देखिएन’ नेपाल पत्रकार महासङ्घ डोटी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने ‘एउटा पक्ष जसरी पनि सत्ता टिकाइरहन खोज्छ, अर्को पक्ष जसरी पनि सरकार ढलाउन खोज्छ ।’

प्रदेश राजधानीको विषयमा सञ्चारकर्मीहरूले राखेको प्रश्नमा प्रमुख मियाले अहिलेसम्म राजधानी व्यवस्थित हुन नसक्नु दुर्भाग्य भएको बताए । ‘राजधानीको विषयमा निर्णय गर्ने अधिकार प्रदेश सभालाई छ, सोही अनुसार कैलालीको गोदावरीमा राजधानी बनाउने भनेर सभाले सर्वसम्मत निर्णय गरेको रहेछ। ’

उनले भने ‘तर, लामो समय भइसक्दा पनि सो निर्णय कार्यान्वयन हुन सकेन ।’ प्रदेश सांसदले गरेकोमा निर्णयमा आफ्नो कुनै टिप्पणी नरहेको भन्दै उनले भने, ‘राजधानी तोकिएको ठाउँमा कुनै संरचना नबनेको र सो विषयमा न्यायालयमा समेत रिट परेको हुँदा सभाले निर्णय गरी दिपायल वा अन्य उपयुक्त ठाउँमा सार्न सकिने हुनसक्छ ।’

उनले दिपायललाई सदरमुकाम बनाउने भन्दै उच्च अदालत यहाँ राखिएको जिकिर गरे । संविधान सभाका सदस्य समेत रहेका प्रदेश प्रमुख मियाले संविधान संशोधन हुन सक्ने बताए । ‘काम गर्दै जाँदा देखिएका समस्याहरू सुधार गर्दै जाने हो’उनले भने ‘तर संविधान संशोधनको विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुन्छ।’ संविधानमा देखिएको अस्पष्टताकै कारण सामान्य निर्णयमा पनि अदालत जानु पर्ने अवस्था आएको उनको भनाइ थियो ।

बुधबार, असार २०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.