यमुना साँउद
धनगढी, १९ असार/धनगढीमा आएको अबिरल बर्षाका कारण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीको घर भएको क्षेत्र डुवानमा परेको छ । शिवनगर खोला बस्तीमा मोडिएपछि मुख्यमन्त्री सोडारी बढी पिडित भएका हुन् । उनको घर आगनमा पानी पसेको छ ।
‘घरको तल्लो तलामा पुरै पानि पसेको छ’ मुख्यमन्त्री सोडारीकी श्रीमती गिता सोडारीले भनिन्–‘पानी पसेर घरको तल्लो तलामा रहेका सामान भिजेको छ ।’ अहिले मान्छे लगाएर सामान सार्ने काम भईरहेको उनले भनिन् । उनको घर तिन तलेको रहेको छ भने तल्लो तालाका पुरै कोठामा पानी पसेको छ । मुख्यमन्त्री सोडारीको घर शिवनगर खोला नजिकै रहेको छ ।
मुख्यमन्त्रीको घर संगै धनगढी उपमहानगरपालिका वडा नं १ मा शिवनगर खोलाको भंगालो बस्तीमा पसेपछि धनगढीको शिवनगर क्षेत्र पुरै डुवानमा परेको छ । शिवनगरको खानेपानी क्षेत्र, न्यरोड क्षेत्रका दर्जानौ घरमा पानी पसको छ । बाढी घर भित्र पस्दा खाद्यान्न, लुगाकपडा भिजाएको छ । बुधवार दिउसो १ बजेतिर खोलाले घार परिवर्तन गरेको थियो । खोलाले कटान बढाईरहेकोले बचेका घरहरु समेत डुवानमा पर्ने देखिन्छन् ।
बस्तीमा बाढी पस्दा पनि निकासका लागि प्रयास भएको छैन । धनगढी उपमहानगरपालिका वडा नं १ का स्थानीय काशीनाथ जोशीले खोलाको पानीले बस्तैमा डुवान बढाउदै लगेको बताए । खोलाको पानीले बस्ती जलमग्न भएका छन् जोशीले भने, ‘खोलालाई पुरानै अबस्थामा नफर्काए अझै क्षति पुग्ने देखिन्छ ।’बाढीले सम्म १ सय ५० भन्दा बढी घरलाई डुवानमा पारेको छ ।
बस्ती डुवानमा हुदा पनि धनगढी उपमहानगरपालिकाले चाँसो नदिएको गुनासो स्थानीयले गरेका छन् । नालामा पानी भरिएर उत्तर तिर बग्न थालेको छ स्थानीय मिन भट्टले भने , बस्ती डुवान हुने गरि बनाईएका नालीहरुले डुवानमा सहयोग पुगेको छ ।’धनगढी उपमहानगरपालिकाका इन्जिनीयर दाताराम जोशीले खोला अवरुद्ध भएपछि धार बस्तीमा पसेको बताए । उनले भने, ‘उपमहानगरपालिकाले खोलाको अवरोध खुलाउन जेसिवि प्रयोग गरिसकेको बताए । तर जेसिवि घार परिवर्तन गरेको ठाउँमा पुगेका छैनन् ।