• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कञ्चनपुरको कुतियाकबरमा ‘सेफ हाउस’ निर्माण

धनगढी,१६ असार । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा सुरक्षित आवास (सेफ हाउस) निर्माण भएको छ । महाकाली र जोगबूढा नदीले घेरेको बाढीको उच्च जोखिममा रहेको बस्ती कुतियाकबरका स्थानीय बर्सेनि बाढीको समस्या झेल्दै आएका छन् ।

बाढी आएका बेला बस्न मिल्ने गरी कुतियाकबरका स्थानीयका लागि दुई वटा सेफ हाउस निर्माण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बुले बताउनुभयो । नगरपालिका, नेपाली सेना र विभिन्न सङ्घसंस्थाको लगानीमा उक्त आवास निर्माण भएपछि स्थानीय खुसी भएका छन् । नगरप्रमुख लिम्बुका अनुसार नगरपालिकाको पाँच लाखसहित विभिन्न सङ्घसंस्थाको गरी कूल २७ लाखमा एउटा र सेनाको २० लाख र नगरपालिकाको पाँच लाखको लगानीमा अर्को सेफ हाउस निर्माण भएको हो ।

“बाढीले बर्सेनि खाद्यान्न, लत्ताकपडा बगाएर लैजान्छ । ज्यान जोगाउनै मुस्किल पर्छ”, स्थानीय टेकबहादुर सुनारले भन्नुभयो, “एक किलोमिटर टाढा गएर आश्रय लिएर बस्नु पर्थ्यो । सेफ हाउस निर्माण भएपछि त्यो बाध्यता हट्ने छ ।” कुतियाकबरका स्थानीय बाढी आएका बेला घर छोडेर दोधारा चाँदनी–७ स्थित अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बस्दै आएका थिए । “बर्सात लाग्ने बित्तिकै डर त्रास हुन्थ्यो । सेफ हाउस भएपछि केही हदसम्म डर हटेको छ । ज्यान जोगिने आशा जागेको छ”, स्थानीय मायादेवी सुनारले भन्नुभयो, “खाद्यान्न, लुगाफाटो त बचाउन सकिँदैन । सेफ हाउसले ज्यान जोगिनेमा ढुक्क छौँ ।”

सीमामा नेपाली भूमिको रक्षक बनेर बसेका कुतियाकबरका स्थानीयले सरकारसँग वर्षातमा बस्न सुरक्षित स्थानमा आवास उपलब्ध गराउनुपर्ने माग गर्दै आएका थिए । महाकाली नदीमा पक्की तटबन्ध नहुँदा कुतियाकबरमा कटान भएर उर्वराभूमि बगरमा परिणत हुँदै गएको छ । हाल महाकाली नदीमा जैविक तटबन्ध निर्माण गर्ने कामसमेत भइरहेको नगरप्रमुख लिम्बुले जानकारी दिनुभयो ।

उहाँका अनुसार महाकालीको तटीय क्षेत्रका स्थानीयलाई पानीको बहावबारे सूचना दिन पक्की पुलमा उपकरण जडान गरिएको छ । “जोगबूढा नदीमा पनि उपकरण जोड्ने तयारी गरेका छौँ । महाकालीमा जडित उपकरणले पानीको बहाव सतर्कता तह पार गरेको मापन गरेपछि साइरन बजाएर वा म्यासेजमार्फत जानकारी गराइन्छ”, उहाँले भन्नुभयो । रासस

आइतबार, असार १७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.