धनगढी,१४ असार । कैलालीको लम्की–१,बजार स्थित शितल चलचित्र मन्दिरको हलमा लम्की स्केटीङ संचालनमा आएको छ । पछिल्लो समय बालबालिका तथा युवा युवतीहरु लागुप्रदार्थ दुर्ब्यसनीमा फस्दै गएका बेला कुलतबाट बचाई खेल तर्फ आकर्षित गर्ने उदेश्यले लम्कीमा स्केटीङ संचालनमा ल्याइएको ब्यवस्थापक हेमन्त बाजेले बताए ।
स्केटीङ खेल्नका लागि प्रतीघन्टा रु.२००, मासिक रु.५ हजार रकम लाग्ने जनाईएको छ । खेलखेल्न टिकापुर,जोशिपुर,चिसापानी,सुखड,बौनिया,मुडा,लम्की–चुहा क्षेत्रका आसपासका विभिन्न स्थानहरुबाट युवा–युवतीहरु आउने गरेको व्यवस्थापक हेमन्त बाजेले जानकारी दिए ।
करिब ६० लाख लागतमा ३ जना युवाहरुको संयुक्त लगानीमा संचालित स्केटीङका अत्तरिया स्केटीङ,घोडाघोडी स्केटीङ र लम्की स्केटीङ गरि ३ वटा शाखा संचालनमा रहेका छन भने १५ जना युवाहरुले रोजगारी पाएका छन ।
