धनगढी,१३ असार । दार्चुलामा यार्सागुम्बासहित कैलालीका २ महिला पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका–४ का ४१ वर्षीया मथुली बोहरा र सोही ठाउँका ३५ वर्षीया सुनिता बोहरा पक्राउ परेका हुन् ।
उनीहरुलाई खलंगा पुलघाटबाट ११५ ग्राम यार्सागुम्बासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार मंगलबार पक्राउ परेका दुबै जनालाई बुधबार थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय दार्चुलामा बुझाइएको छ ।
