धनगढी, १२ असार / अनेरास्ववियु सुदूरपश्चिमम कमिटिको आयोजना र कैलाली जिल्ला कमिटीको व्यवस्थापनमा कैलालीको धनगढीमा अबस्थित शिवपुरी धाममा वृक्षारोपण सम्पन्न भएको छ । ७३ औं मदन जयन्ति को अबसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।
विध्यार्थि संगठन ले विध्यार्थिका मुद्वा उठाउने संग संगै देश निर्माणका लागि सामाजिक कार्यमा समेत गतिबिधि गर्नुपर्ने अनेरास्ववियु सुदुरपश्चिम प्रदेश कमिटि अध्यक्ष मनोज राईले बताए ।
कार्यक्रममा अनेरास्ववियु प्रदेश कमिटि र कैलाली जिल्ला कमिटिका बिध्यार्थि नेताहरुको सहभागीता रहेको थियो ।