धनगढी,११ असार । कैलालीको अत्तरियामा कोठा भाडामा लिएर यौन व्यवसायमा संलग्न चार जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ आदर्श गल्लीबाट १ जना पुरुष र ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय माला खेतीको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा कोठा भाडामा लिई यौन व्यवसायमा संलग्न १ पुरुष सहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका–१ की ६५ वर्षिया महिला, सोही ठाउँकी २८ वर्षिया महिला, गोदावरीकै वडा नम्बर ३ बस्ने ३७ वर्षीय पुरुष र गौरीगङ्गा नगरपालिका–१ बस्ने ३४ वर्षीय महिला रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।