• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

खडेरीले बिउ सुकेपछि किसानलाई खेत बाँझै रहने चिन्ता

धनगढी ,१० असार । बाजुराका अधिकांश ठाउँमा लामो समयसम्म परेको खडेरीका कारण धमाधम धानको बिउ (बेर्ना) सुक्न थालेका छन् ।गाउँमा सिँचाइको अभाव तथा खडेरीका कारण धमाधम धानको बेर्ना सुक्न थालेपछि यहाँका स्थानीयलाई खेत बाँझो रहने चिन्ता पर्न थालेको छ ।

असार महिनामा रोप्ने गरी वैशाखमा राखेको धानको बउि खडेरीले सुक्न थालेपछि यति बेला खेत बाँझो रहने परेको जगनाथ गाउँपालिका –२ किसान भीर्कु सार्कीले बताउनभुयो । उहाँले भन्नुभयो, “ समयमा वर्षा नहुँनु तथा गाउँमा भएका पानीका मुहान पनि विस्तारै सुक्न थालेपछि धमाधम धानको बीउ सुक्दै गएका छन् ।”

धारा र कुवाको पानीको जोहो गरेर वैशाखमा राखेको धानको बिउ असार नलाग्दै सुकेर नष्ट भएपछि अब खेतमा के लगाउने निकै चिन्ता परेको सार्कीले बताउनुभयो । लामो समय सम्म पानी नपर्दा जगनाथ गाउँपालिका–२ हुनी र लुमाका स्थानीयले राखेको कोदो र धानको बिउ सुकेर नष्ट भएका छन् ।

यहाँका स्थानीयले असार खेतमा धान रोप्न तथा साउनमा कोदो रोप्ने गरी वैशाखमा कोदो र धानको बिउ राख्ने गर्दछन् ।
हुनी र लुमाका झण्डै ३८० जना घरपरिवारले राखेको धान र कोदोको बिउ खडेरीका कारण सुकेर नष्ट भएपछि गाउँमा भोकमरी हुने सम्भावना छ ।

यहाँका स्थानीयलाई धान र कोदोको खेतीले ६ महिना खान पुग्थ्यो । यती बेला कोदो धानको बिउसमेत सुकेर खेत बाँझै रहने भएपछि गाउँमा भोकमरी हुने सम्भावना देखिएको जगनाथ गाउँपालिका –२ स्थानीय बीसु सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हिउँदमा हिउँ नपर्दा गहुँ जौ सुक्या अहिले पानी नपर्दा खडेरीले धान र कोदोको बिउ सुक्यो । अनि कसरी जिउ जोगाउँनु ।”

गाउँमा सिँचाइ नहुनु र आकाशबाट पानी पनि नपर्दा धान र कोदोको बिउ सुक्दै गएपछि हुनी र लुमामा रहेको झण्डै हजारौं रोपनी जमिन बाँझो रहने चिन्ता परेको सार्कीले बताउनुभयो । बाजुरामा कुल खेती गरिएको क्षेत्रफलको २० प्रतिशत मात्रै जमिनमा सिँचाइ सुविधा छ । यहाँको ८० प्रतिशत जमिनमा अहिले पनि आकाशेभरमा खेती हुने गरेको छ ।

यहाँको दुई लाख तीस हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य जमिन छ । यसमा पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्ष भरीमा सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

सोमबार, असार ११, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.