धनगढी, ९ असार । नेपालको सुदूरपश्चिमस्थित प्रदेश र भारतीय उत्तराखण्ड प्रदेशबीच संयुक्त रुपमा पर्यटन प्रवर्द्धनका लागि छलफल गरिएको छ । नेपालस्थित धनगढीबाट त्यहाँ पुुगेका पदमविक्रम सिंह सहितका पर्यटन व्यवसायीले उत्तराखण्ड प्रदेशका मुख्यमन्त्रीलाई भेटेका थिए।
भेटका क्रममा सुदूरपश्चिमसँग निकट रहेको उक्त प्रदेश र सुदूरपश्चिमले संयुक्त रुपमा पर्यटन प्रवर्द्धन गर्न सकिने विषयमा छलफल भएको थियो। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पनि नेपाल र उत्तराखण्डबीच आपसी पर्यटन प्रवर्द्धन गर्ने विषयमा पर्यटन व्यवसायीसँग छलफल गरेका थिए । सो छलफलले नेपाल र भारतको पनि सम्बन्ध सुमधुर हुने उनले बताए ।