धनगढी,७ असार । धनगढीको एल.एन चोकमा रहेको त्रिनगर माध्यमिक विद्यालयको कक्षा ११ को नतिजा प्रकाशन भएको छ । नतिजा आज प्रकाशन भएको हो । ५८२ जना उत्तीर्ण र ११५ जना ग्रेड वृद्धिमा परेको प्रधानाध्यापक भूपाल खड्काले जानकारी दिए । उनले भने “ हामीले नतिजा वेब साइडबाटै हेर्न मिल्ने व्यवस्था गरेका छौ ।
पहाडी क्षेत्रमा रहेका विद्यार्थीले उतैबाट https:// results.trinagarschool.com बाट सजिलै नतिजा हेर्न सकिने छ । ” कक्षा ११मा सन्देश कठायत ३.७५ जिपिए ल्याएर प्रथम भएका छन् ।यस्तै शोभा कुमारी चौधरी ३.६७ जिपिए ल्याएर दोस्रो र जेनिसा देउवा ३.५७ जिपिए ल्याएर तेस्रो भएका छन् ।साथै ग्रेड वृद्धिको परिक्षा असार २१ र२२ गते हुने बताइएको छ ।

