धनगढी, ७ असार। कैलाली बहुमुखी क्याम्पसमा कार्यरत चार जना कर्मचारीलाई दिर्घ सेवा सम्मान प्रदान गरिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयले २५ बर्ष भन्दा लामो समय देखि कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा कैलाली बहुमुखी क्याम्पस प्रशासन शाखा प्रमुख दिलबहादुर धामी, लेखाशाखा प्रमुख बालकृष्ण जोशी, हेड असिष्टेन्ड सुरत बहादुर बोगटी र कार्यालय सहायक महादेव घर्ती रहेका छन् ।
कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लोकबहादुर बिष्टले वहाँलाई सम्मान स्वरुप दोसल्ला र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । सुदूरपश्चिम बिश्व विद्यालयले आफ्नो स्थापना दिवसको अवसरमा दिर्घसेवा सम्मान प्रदान गरेको कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लोकबहादुर बिष्टले बताउनु भयो ।
असार ३ गते सुदूरपश्चिम बिश्वविद्यालयको स्थापना दिवस रहेको थियो, सहायक क्याम्पस प्रमुख बिष्टले भने, ‘बिशेष कारण समारोहमा उपस्थित हुन नसकेका कारण आज बहाँहरुलाई कैलाली बहुमुखी क्याम्पसमै सम्मान पत्र प्रदान गरेका हौं ।’ यस्ता सम्मानले कर्मचारीहरुलाई कामगर्न उत्प्रेरित गर्ने पनि सहायक क्याम्पस प्रमुख बिष्टले बताउनु भयो ।
