धनगढी ५ असार । कैलालीको गोदावरी नगरपालिकाले पुनः दुई दिन गर्मी बिदा दिइएको छ । असार ६ गते देखि ७ गतेसम्म गोदावरी नगरपालिका भित्रका विद्यालयमा बिदा दिइएको हो । अत्यधिक गर्मीका कारण विशेष गरी बालबालिका र विद्यार्थीमा पर्न गएको असुविधालाई मध्यनजर गरेर दुई दिन गर्मी बिदा दिने दिने निर्णय गरिएको गोदावरी नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।
नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै हाल अत्यधिक गर्मीका कारण बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयमा अध्यन/अध्यापन नगराई बिदाको व्यवस्था मिलाउन भनेको छ ।
