धनगढी ,२७ जेठ । कैलालीमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका–३ रानिकुण्डाका १० वर्षीय दिपेश साउँदको मृत्यु भएको हो ।
उनलाई सुतेकोबेला सर्पले डसेको थियो। उनको उपचारकोक्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ