धनगढी । हुलाकी राजमार्ग अन्तर्गत कैलालीको लम्की–टीकापुर सडक खण्ड कालोपत्र गर्ने काम सुरु भएको छ।
टीकापुर क्षेत्रको चार लेन सडकको कालोपत्रको काम शुरू भएको हो। सडक कालोपत्र हुन थालेपछि स्थानीय उत्साहित भएका छन्। तीव्र गतिमा सडक कालोपत्र गर्न निर्माण कम्पनीले कामदार र आवश्यक उपकरणसहित काम सुरु गरेको छ।