धनगढी ,२५ जेठ । कैलाली र कञ्चनपुरमा २ लाख बढीको अवैध सामान फेला परेको छ । दुबै जिल्लाका विभिन्न स्थानमा २ लाख २० हजार ४३० मूल्यको अवैध सामान फेला परेको हो ।
बिहीबार कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा र पुरानो भन्सार रोड नजिक, धनगढी–७ मनेहरा पेट्रोल पम्प नजिक र धनगढी–१० सिमल घाटबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ७ हजार ६०० मूल्यको चिनी, मिठाई, चप्पल, रङ, पापड, टेनिस बल, प्लाष्टिक झिल्ली, ब्रोइलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ चौकिसत्ता र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख १२ हजार ८३० मूल्यको सुर्ती, कुर्ती, सुटपिस, गन्जी, टिसट, अन्डरवेयर, साइकलको ताला, ब्रेक तार लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले बताएको छ ।