धनगढी ,२४ जेठ । धनगढीको ट्रायल सेन्टरमा नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन् । आज विहान धनगढीमा मोटरसाईकलको ट्रायल भई रहेको बेला ट्राफिक प्रहरीले चेकजाच गर्दा नक्कली प्रशिक्षार्थी पक्राउ परेका हुन् ।
मोटरसाईकलको ट्रायल भई रहेको बेला पदम कठायत मोटरसाईकलको परिक्षा दिन आउनु पर्ने थियो । तर उनी नआएर आशिष कठायत नामको व्यतिm फेला पारेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरिक्षक भुवन विक्रम शाह जानकारी दिए ।
प्रवेश पत्र चेक जाँच गर्दा आशिष कठायतलाई पक्राउ गरेको उनले जानकारी दिए । उनलाई अनुशन्धान लागि जिल्ला प्रहरी कार्यालय पठाईने र कानुन बमोजिम कारवाही हुने उनले बताए ।