धनगढी ,२२ जेठ । कञ्चनपुरको वेदकोट नगरपालिका–८ गैल नदीमा प्रहरी चौकी स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले गाउँमा शान्ति–सुरक्षा, अमनचयनका लागि अहिले अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको बताए ।
वडाध्यक्ष महेशराज जोशीले अस्थायी प्रहरी चौकी स्थापनासँगै पछिल्लो समय बढ्दै गइरहेको गैरकानुनी गतिविधि, लागुऔषध सेवन, ओसारपसार आदि नियन्त्रणमा आउनुका साथै वडाको शान्ति सुरक्षामा मद्दत पुग्ने बताए ।
