धनगढी ,२२ जेठ । कैलालीको लम्कीमा हावाहुरीले रुख ढल्दा एक एक वृद्धको मृत्यु भएको छ । सोमबार साँझ टिकापुर नगरपालिका – १ बिशालनगरका अन्दाजी ६०–७० वर्षीय श्रीदल पुरीको हावाहुरीले रुख ढल्दा मृत्यु भएको हो ।
आफ्नै टिनले छाएको कच्ची घरमा सुतिरहेको अवस्थामा हावाहुरीका कारण घर नजिकै रहेको हल्दुको रुख ढल्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।