धनगढी,२० जेठ । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडले फोन पे क्युआर मर्चेन्टलाई सम्मान गरेको छ । शनिवार धनगढी स्थित होटेल रुबसमा आयोजित एक समारोहका बिच रोस्यो हस्पिटालिटि प्राइभेट लिमिटेड र धनगढी टायर हाउसलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडको क्युआर मार्फत आफ्नो संस्थामा कारोबार गरी डिजिटल बैंकिग प्रणालीलाई प्रवर्द्धनमा योगदान गरेको भन्दै सम्मान गरिएको छ।
सम्मान ग्रहण गर्दै रोस्यो हस्पिटालिटि प्राइभेट लिमिटेडको व्यवस्थापक श्री हरि बस्नेत र धनगढी टायर हाउस को प्रोप्राइटर श्री ईश्वर खड्काले विगत लामो समयदेखि नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडको ग्राहकको रूपमा कारोबार गर्दा हालसम्म बैङ्कले प्रदान गर्ने सम्पूर्ण सेवा सुविधामा सहज भएको र अहिलेको युग प्रविधिकै युग भएकोले आगामी दिनमा डिजिटल कारोबार लाई अझै बढाउँदै लैजाने र बैङ्कले सम्मान गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडका सम्पत्ति ,दायित्व एवं मार्केटिङ व्यवस्थापन प्रमुख जेनु थापा , डिजिटल बैंकिग विभाग प्रमुख विश्व सिंह , धनगढी प्रदेश प्रमुख तारा नाथ लम्साल, मार्केटिङ म्यानेजर सृजना न्यौपाने बस्नेत, डिजिटल बैंकिग विभागका पशुपति सुवेदी , आशिष गजुरेल र धनगढी प्रदेश अन्तर्गत रहेका विभिन्न शाखाका शाखा प्रमुख तथा विभिन्न कर्मचारीहरूको सहभागिता उल्लेखनीय उपस्थिति रहेको बैङ्कका धनगढी प्रदेश रिलेसनशिप अफिसर श्री टेक राज जोशीले जानकारी दिनुभयो ।