• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अझै सुदूरपश्चिम सरकार विस्तार अन्यौल

धनगढी,१८ जेठ । मुख्यमन्त्री नियुक्त भएको एक महिना वितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन् । पार्टी केन्द्रले आवश्यक निर्देशन नदिदा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार विस्तार गर्न नसकेका हुन । प्रदेश सरकारको बजेट ल्याउने तयारी सुरु भइसक्दा सत्ता गठबन्धनका दुई ठुला दल नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० सरकारमा सहभागि भएका छैनन् ।


सरकार विस्तार हुन नसक्दा बजेट निर्माणको समयमा अर्थसहित चारवटा मन्त्रालय मन्त्रीविहीन बनेका छन । गत ६ जेठमा एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारी एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी रञ्जिता पक्षका सांसद र एकजना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

त्यसपछि उनले नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री र उन्मुक्तिकै टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका थिए । खासगरी एमालेले सोडारीलाई मुख्यमन्त्री बनाउन चाहेको थिएन । अन्तिम समयमा गठबन्धनमै संकट आउने भएपछि एमालेले सोडारीलाई समर्थन गरेको हो ।

एमाले र समाजवादीकै नेताहरुका अनुसार केपी शर्मा ओली र माधव कुमार नेपालको आपसी इगोका कारण सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो ।कतिपय एमाले प्रदेश सांसद सोडारी नेतृत्वको सरकार छिट्टै ढल्ने टिप्पणी समेत गर्दै आएका छन् । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकार विस्तारको हुन नसक्नुको कारण मुख्यमन्त्रीसंग माग्न आग्रह गरे ।

दुई मन्त्रालय भागवण्डा भइसकेको अवस्थामा एमाले र माओवादी दुवैको चासो र दाबी प्रदेशको अर्थ मन्त्रालयमा छ । प्रदेशमा एमाले,माओवादीका समान ११÷११ सासंद छन् । माओवादी केन्द्रका सासंद ओमविक्रक भाट बजेटको महत्वपूर्ण समयमा मन्त्रालय मन्त्रीविहिन हुने कुराले राम्रो सन्देश नगएको बताउँछन् । उनले आज भोलीमै सरकारले पूर्णता पाउनेमा आशावादी रहेको बताए ।

शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.