धनगढी,१७ जेठ । टीकापुरमा अत्यधिक गर्मी बढेपछि सडक जनावरहरूलाई पानी खान सहज होस भनी भाँडा वितरण गरिएको छ । टीकापुर स्थित अवसर प्लास्टिक हाउसका प्रोप्राइटर अमर सिह चौधरीले प्लास्टिकको भाँडाहरू पत्रकार गणेश क्षेत्री लाई हस्तान्तरण गरेका हुन् ।
चौधरीले तिर्खाएको र भोकाएका जनावरहरूलाई सहयोग गर्नु सबैको दायित्व भएको अमर सिह चौधरीले बताए । चौधरीले भने “ मानवता भन्दा ठुलो कुनै धर्म हुँदैन । बोल्न नसक्ने , पीडा व्यक्त गर्न नसक्ने अनि तिर्खाएको भोकाएको ,रोगी जनावरलाई आफूले पहिल्यै देखि क्षेत्री सङ्ग छलफल गरेर सहयोग गर्ने गरेको र आत्मसन्तुष्टि मिल्ने छ । ” सडकमा रहेका जनावरहरूलाई पानी खुवाएर सहयोग गर्ने तत्परता देखाएपछि हस्तान्तरण गरिएको हो ।
जनावरहरूलाई सहयोग गर्न आग्रह गरेपछि सहयोग गरेको र अझै भविष्यमा समेत सहयोग गर्ने पत्रकार गणेश क्षेत्रीले बताए । पावर ट्रेलरको आगमन सङ्गै जोत्ने गोरुहरू विस्थापित भए भने गाईले दूध दिउन्जेलसम्म दूध खाने तर दूध दिन छोडेपछि अथवा गाई बुढो बिरामी भएपछि सडकमा छोडेर मानवता विहीन कार्य भएको समाजसेवी डबल रावल ले बताए ।
टीकापुर गौशालालाई नमुना गौशाला बनाउन लागिपरेका अध्यक्ष लोक बहादुर बुढाले गर्मीको मौसममा जनावरहरू पानी खान नपाएर भौँतारिइन रहेको अवस्थामा ठाउँ ठाउँमा पानी खाने भाँडोको व्यवस्था अवसर प्लास्टिक हाउसले गर्नु निकै मानवीय कार्य भएको बताए ।
