धनगढी,१५ जेठ । नेकपा (एमाले) गोदावरी नगरकमिटीको दोस्रो अधिवेशन सुरु भएको छ । नगरकमिटिले औपचारीक कार्यक्रमका बिच अधिवेशन सुरु गरेको हो ।
नगरकमिटिका कार्यवाहक अध्यक्ष सन्तोष सिँहको अध्यक्षतामा भएको औपचारीक कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका सचिव एवम् कर्णाली ईन्चार्ज लेखराज भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा पोलिटब्युरो सदस्य एवम् कैलाली ईन्चार्ज गणेश सिँ ठगुन्ना रहेका थिए ।
अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसको सभा हलमा आयोजित अधिवेशनको उद्घाटन सत्रमा केन्द्रिय सदस्य सन्तोष शर्मा, प्रदेश सचिव रण बहादुर चन्द, कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना लगायतका नेताहरुको सहभागीता रहेको थियो । अधिवेशनको उद्घाटन सत्र सम्पन्न भैसकेको छ, अहिले बन्द सत्र चलिरहेको बताईएको छ । अधिबेशनले ३ बर्ष को लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
