• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा खानेपानीको अभाव

धनगढी,१५ जेठ । लामो समयको खडेरीका कारण सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा खानेपानीको चरम अभाव भएको छ । जमिन मुनि पानीको सतह सुकेपछि वैशाख महिनादेखि खानेपानीको चरम समस्या सुरु भएको हो । तीन महिनादेखि धनगढीका उपभोक्ताले खानेपानीको समस्या झेलिरहेका छन् ।

धनगढीमा अझै ७० प्रतिशत घर धुरी निकालेको खाने पानी प्रयोग गरी रहेका छन् । धनगढी लगायत तराईका जिल्लामा चैत, वैशाख र जेठ महिनामा लामो समयसम्म वर्षा नहुँदा खानेपानीको समस्या उत्पन्न हुने गरेको छ । धनगढी उपमहानगरका १९ वटा वडामा ३२ हजार २ सय ४९ घरधुरी सङ्ख्या रहेको छ ।

उक्त घरमा ४६ हजार ६ सय ७० घरपरिवार बस्दै आएका छन् । ३२ हजार २ सय ४९ मा ९ हजार घरपरिवारमा मात्र धाराको खानेपानीको पहुँच पुगेको खानेपानी वितरण कार्यालय धनगढीका प्रमुख शैलेन्द्र शाहले बताउनुभयो । उहाँका अनुसार धनगढीमा अत्यधिक गर्मी बढेपछि खानेपानीको आवश्यकता अनुसार माग पुरा गर्न नसकिएको हो ।

खानेपानीको रिजर्भ ट्याङ्की अहिले थप गरेका छौँ र पनि ट्याङ्मी पानी रिजर्भ रहँदैन, गर्मी धेरै भएकोले पानीको माग धेरै छ खानेपानीकै लाइन वितरण गरिएका केही वडाहरूमा पानी कम वितरण भइरहेको उहाँले स्विकार्नुभयो । दिनभरी खानेपानी आउने धारामा समेत आज भोलि एक दुई घण्टा मात्र पानी आउने गरेको उपभोक्ताको भनाइ छ ।

धनगढी उपमहानगरको घरधुरी सङ्ख्याको आधारमा धनगढी उपमहानगरका २३ हजार २ सय ४९ घर परिवार अझै स्वच्छ खानेपानीको पहुँचबाट बाहिर छन् । गाउँतिर समस्या अलि कम भएपनि धनगढी बजार क्षेत्रमा भने खानेपानीको निकै समस्या बढेको छ । खानेपानि धारामा नआउँदा पानी खरिद गरेर खान पाउने विकल्प छैन । विकल्प नहुँदा समस्या अझै बढेको जेठ महिना मा पानी कहिले पर्ला भनेर कुरेर बस्नु पर्ने अवस्था आएको छ ।

टोलमा सार्वजनिक खानेपानीका धारा छैन जमिनको पानी समेत सुके पछि तीन महिनादेखि तराई लगायत धनगढीका बासिन्दाले खानेपानीको चरम समस्या झेल्नुपरेको हो । तराईमा अत्यधिक गर्मीसँगै तातो हावा लु चलेको छ । तापक्रम ४३ डिग्री माथि छ । पानी नहुँदा जनताले थप सास्ती झेल्नु परेको हो । गोरखापत्रबाट

मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.