धनगढी,१४ जेठ । अत्तरिया जेसिजद्वारा जनकल्याण सेकेन्डेरी स्कुल तेघरीमा अध्ययनरत किशोरीहरूलाई स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख अतिथि जनकल्याण सेकेन्डेरीका प्र.अ.योगेन्द्र हमालले किशोर अवस्थामै स्वास्थ्यबारे ज्ञान दिने तालिम सञ्चालन हुनु सकारात्मक पक्ष रहेको बताए । साथै,उनले किशोर अवस्थामा स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्दा स्वास्थ्य समस्याहरू समाधान हुने बताए ।
समाजमा व्याप्त रहेको हानिकारक प्रचलन अन्त्य अभियान तथा किशोरी,महिलाहरूलाई जानकारी उपयोगी मूलक र सन्देशमूलक कार्य गर्दै अत्तरिया जेसिज आएको आगामी दिनहरूमा थप कार्यक्रम आयोजना गर्ने जेसिस अत्तरियाका खेलकुद संयोजक जेसि हेमन्तराज जोशी (बाजे)ले बताउनु भएको छ ।
जेसिजका अध्यक्ष जेसि प्रकाश मल्ल को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव जेसि बम बहादुर बोगटीले गर्नु भएको थियो भने स्वागत मन्तव्य जेसि मान ऐर ले व्यक्त गर्नु भएको थियो।