• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कृषि अनुदान रकम भुक्तानीको पहल हुन्छ : मुख्यमन्त्री सोडारी

धनगढी, १४ जेठ / सुदूरपश्चिम सरकारले कृषकहरूले पाउँदै आएको ब्याज अनुदान रकमको भुक्तानी रोकेको छ । प्रदेश सरकारको आर्थिक मामिलामन्त्री नभएको कारण देखाउँदै कृषकले कृषि ऋणको ब्याज र कृषि बिमाको प्रिमियममा पाउँदै आएको अनुदान रकमको भुक्तानी रोकेको हो ।

प्रदेश सरकारले कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन नियमावली २०७९ अनुसार कृषि तथा पशुपन्छी क्षेत्रको व्यवसायीकरण एवं आधुनिकीकरणको लागि कृषि व्यवसायमा आबद्ध कृषक, कृषि सहकारी, कृषि समूहलाई कृषि ऋणको ब्याजमा ८ प्रतिशत अनुदान दिँदै आएको छ । तर, गएको २०८० पौष महिनादेखि हालसम्मको करिब २ करोड भुक्तानी रोकिएको जनाइएको छ ।

यहाँका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत २०७८ सालदेखि कृषि ऋणको ब्याजमा अनुदान पाउँदै आएका तथा कार्यक्रममा नयाँ जोडिएका कृषकहरूको भुक्तानी रोकिएको हो । किसानका भुक्तानीका फाइलहरू प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयमै अड्किएको छ । निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकार चैत्र २२ गते ढलेपछि नियुक्त भएका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले हालसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । उसो त मुख्यमन्त्री सोडारीले सो आर्थिक मामिला मन्त्रालय आफू मातहत राखेका छन् । तर मुख्यमन्त्री सोडारीले भुक्तानीको फाइल सदर नगरेपछि किसानको भुक्तानी रोकिएको हो । सुदूरपश्चिममा नौ वटा कृषि ज्ञान केन्द्र र नौ वटा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रहेका छन् । जसमध्ये कैलाली जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत हुने भुक्तानी रोकिएको बताइएको छ ।

कृषि ज्ञान केन्द्र कैलालीबाट केही साता मात्रै सरुवा भएका कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्र प्रसाद शर्माले बिमा प्रिमियमको १० लाख रकम अपुग भएपछि रकम भुक्तानी माग गरेको बताए । तर किसानको भुक्तानी मागको फाइल सदर हुन नसकेको बताए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको सबै भन्दा बढी भुक्तानी माग आएकोमा हालसम्म भुक्तानी हुन नसकेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्रमुख डाक्टर हेमराज अवस्थाकी अनुसार चालू आर्थिक वर्षमा व्याज अनुदानको लागि १ करोड रुपैयाँ विनियोजन गरिएकोमा रकम अपुग हुँदा थप १ करोड ८० लाख रकम माग गरिएको छ । तर माग गरिएको फाइल आर्थिक मामिला मन्त्रालयमै अड्किएपछि समस्या सिर्जना भएको सुनाए ।

प्रदेश सरकारले कृषकलाई धोखा दिने काम गर्दैछ : कृषक

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत मात्रै कैलालीमा कृषि ऋणको ब्याज अनुदानको कार्यक्रममा १२७ जना कृषक आबद्ध छन् । ऋण लिई कृषि व्यवसाय सञ्चालन गरिरहेका कृषकलाई राज्यले नै हतोत्साहित गर्ने काम गरिरहेको कृषकहरूले गुनासो गरेका छन् । सरकारको गैरजिम्मेवारीपनका कारण किसानलाई निराश बनाउने र किसानमारा कार्य भएको बताउँछन् कैलारी गाउँपालिका ६ स्थित सोना एण्ड सोना कृषि तथा पशुपन्छी फर्मका सञ्चालक रामसमझ राना । यसप्रति प्रदेश सरकार गम्भीर बन्न पनि रानाको सुझाव छ ।

कैलालीको गोदावरी नगरपालिका वडा ७ लालपुरस्थित मस्टा कृषि फर्मकी सञ्चालक पूर्णिमा पुनमगरले भनिन्, ‘देशको आर्थिक अवस्था खस्किएको बेला कृषिमै केही गर्न खोज्नेलाई सरकारले थप प्रोत्साहन गर्नु त कहाँ हो कहाँ झन् मनोबल गिराउने काम गरेको छ । तत्काल भुक्तानी गर्नुको विकल्प छैन ।’ कृषि ऋणको ब्याज मात्रै होइन, सुदूरपश्चिम सरकारले पशुपक्षी बिमाको प्रिमियमको रकम पनि रोकिदिएको छ । कैलालीमा पशुपक्षी तथा मत्स्य बिमाको प्रिमियमको लागि १५ लाख विनियोजित भएकोमा बिमा कार्यक्रममा कृषकको आकर्षण बढेपछि माग बढेको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले प्रिमियमको लागि थप २० प्रतिशत रकम अपुग हुँदा माग गरेको थियो । मन्त्री नहुँदा भुक्तानी रोकिएको हो ।

भुक्तानीको पहल हुन्छ : मुख्यमन्त्री सोडारी

मुख्यमन्त्री सोडारीले आइतबार प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८१ को प्राथमिकता र सिद्धान्तहरू प्रस्तुत गरेका छन् । जसमा उनले कृषि ऋणको ब्याज अनुदानलाई प्रभावकारी बनाइने बताइरहँदा चालू आर्थिक वर्षमै किसानहरूलाई हतोत्साहित गर्ने काम गरेको किसानहरूको गुनासो छ । सो विधेयक प्रस्तुत गर्दै मुख्यमन्त्री सोडारीले भने, ‘कृषिको आधुनिकीकरण र व्यवसायीकरण अन्तरगत कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्वमा अभिवृद्धि गर्न यस क्षेत्रको विविधिकरण, व्यवसायीकरण, आधुनिकीकरण, यान्त्रिकरण र बजारीकरणमा उच्च जोड दिइने छ । यसको लागि कृषि क्षेत्रमा अध्ययन र अनुसन्धान, कृषि पूर्वाधारको विकास, विस्तार, आधुनिक भण्डार गृह निर्माण, प्राविधिक सहायता, कृषि प्रसार, विउविजन, मलखाद, बिजुली, यन्त्र उपकरण र कृषि ऋणको ब्याजमा अनुदान जस्ता कार्यक्रमलाई प्रभावकारी बनाइने छ ।

चालू अवमै किसानको भुक्तानी सरकारले रोक्यो नि रु भन्ने जिज्ञासामा मुख्यमन्त्री सोडारीले रकम भुक्तानी रोकिएको बारे आफूलाई थाहा नभएको र त्यसबारे बुझ्ने जनाए ।

सोमबार, जेठ १४, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.