धनगढी, १३ जेठ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा डोटी जोरायल वाड नं. ५मा संगठन बिस्तार गरिएको छ । रास्वपा डोटी कमिटिका संयोजक केशव बलायर र जोरायल गाँउपालिकाका कमिटि संयोजक निराजन बिष्ट (प्रदिप) उपस्थितिमा कमिटि चयन गरिएको हो ।
निराजन बिष्टको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति बनेको छ । जस्को सयोजकमा निराजन बिष्ट, सह-सयोजकमा सुनिता बिस्ट, सचिवमा गणेश बिष्ट, यस्तै सदस्यमा यगेन्द्र रावल, यदुगर खड्का, करन भाट, पदम भाट र अन्य सदस्यहरु चयन भएका जोरायल गाँउपालिकाका सचिव बिनोद बोहोराले जानकारी दिएका छन् । रास्वपा डोटीले डोटी जिल्लामा संगठन बिस्तारलाई निरन्तरता दिएको पालिका सचिव विनेद बोहोराले बताए ।