धनगढी, ११ जेष्ठ / मानव सेवा केन्द्र, दृष्टी फाउण्डेशन लगायत संस्थाहरु स्थापना पछि सडकमानव मुक्त जस्तै बनेको धनगढीमा पछिल्लो समय फेरी सडक मानव देखिन थालेका छन् । पछिल्लो समय बजार तथा सडक किनारमा यसैगरी अलपत्र फेला पर्नेको संख्या बढ्न थालेको छ । परिवारबाट धमाइएका तथा गरिबीका कारण सडकमा देखा पर्ने महिलासँगै पुरुषको संख्या पनि बढ्न थालेको छ ।
शुक्रबार मात्रै धनगढीको दृष्टी फाउण्डेशनले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बाट अलपत्र अवस्थामा रहेकी एक महिलाको उद्धार गरेको छ । फाउण्डेशनले करिब ५५ बर्ष उमेरकी महिलाको उछार गरेको हो । मानसिक रुपमा समस्याग्रस्त महिलाको उद्धार गरी फाउण्डेशनमा राखिएको छ । प्रहरीको सहयोगमा उनको उद्धार गरिएको हो । गत सोमबार मात्रै धनगढी उपमहानगरपालिका ४ बसपार्कबाट फाउण्डेशनले एक महिलाको उद्धार गरेको थियो । २० दिनदेखी बसपार्क क्षेत्रमै रहेकी महिलालाई नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनले प्रहरीको सहयोगमा उद्धार गरी गरेर दृष्टि फाउण्डेसनको जिम्मा लगाएको छ । ति महिलापनि मानसिक अवस्था ठीक नभएको अवस्थामा फेला परेकी थिइन् ।
केही दिनअघी अत्तरिया बजारबाट एक महिलाको उद्धार गरिएको थियो । बाजुरा घर बताउने सरिता सार्कीलाई गोदावरी नगरपालिका–४ स्थित बास्कोटा जंगलको किनारमा सानो छोरी सहित उद्धार गरेको थियो । अत्तरिया क्षत्रेबाटै बैतडी घर बताउने अनिता लुहारलाइपनि स्थानिय युवाहरुले उद्धार गरी दृष्टी फाउण्डेशनको जिम्मा लगाएको थियो । गत माघ महिनामा धनगढी उपमहानगरिय प्रहरीलेनै ३५ बर्षिय एक महिलाको उद्धार गरेको थियो । ति महिलाको उद्धार गरी प्रहरीले दृष्टि फाउन्डेनको जिम्मा लगाइएको थियो ।
