काठमाडौँ, ११ जेष्ठ / राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी भर्ना गर्ने तयारी गरेको छ। आज (शुक्रबार) सूचना जारी गर्दै विभागले विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो।
विभागले सहायक सूचक पदमा २३४ जना, सुरक्षा गार्डमा १६ जना तथा परिचरमा २ जनाका लागि दरखास्त आह्वान गरिएको जनाएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि एक महिनाभित्र दरखास्त दिन सकिने विभागले जनाएको छ।
