धनगढी,१० जेठ । विद्यार्थी बोकेर बाजुराबाट रारा जाँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बिहीबार हिमाली गाउँपालिका–५ स्थित भवानी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई रारा घुमाउन लैजाँदै गरेको ग १ ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका–२ सेरी जाम भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा ११ जना विद्यार्थी, २ जना शिक्षक र जिप चालक गरी १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । घाइते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । प्रहरीले घाइते सबैको अवस्था सामान्य रहेको जनाएको छ ।