बाजुरा, १० जेष्ठ / बाजुरामा आज (बिहीबार) विद्युत लाइन कट गरीएको छ ।
जिल्लाभर आज दिनभर विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले सूचनामार्फत जनाएको हो ।
साँफे मार्तडी ३३ केभी लाइन मर्मत गर्न आज (बिहीबार) बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म लाइन सट्डाउन गरी काम गर्नुपर्ने हुँदा विद्युत सेवा अवरुद्ध गरिएको जनाइएको छ । यद्यपी तोकिएको समय अगावै काम सम्पन्न भए विद्युत सेवा सुचारु हुने समेत जनाएका छन् ।
