धनगढी, ९ जेष्ठ / धनगढीको चैतन्य पाठशाला सामाजिक सेवामा अग्रसर बन्दै गएको छ । केही दिन अगाडी मात्रै प्लेन उडाएर र्चचामा रहेका कैलाली प्रतापपुरका आर्यनलाई निशुल्क पढाउने निर्णय गरेको छ ।
पढाइसँगै उच्च बौद्धिक क्षमता भएका आर्यन बि.कको प्रतिभालाई प्रोत्साहन गर्न र वैज्ञानिक आविष्कारलाई बढावा दिन चैतन्य पाठशाले समाजिक उत्तरदायित्व सम्झेर आर्यनलाई कक्षा १० सम्म निशुल्क पढाउने सम्झौता गरेको पाठशालाका प्रवन्धक गणेश जोशीले बताए ।
आर्यन बि. क सानै हुँदा बुवाको निधन भएको र सबै रेखदेख आमाले गरिरहेकी थिइन् । आर्यन सानै देखि आविष्कार गरिरहने र अब प्लेन , रोर्बट बनाउने इच्छा राखेको तर पारिवारीक अवस्था पनि त्यति मजबुत नहुँदा समस्या भएको थियो । अब चैतन्य पाठशालाले भतिजालाई पढाइसँगै आविष्कारमा समेत सहयोग गर्ने भए पछि आफुहरु अधिक खुसि भएको आर्यनका अंकल नृप विश्वकर्माले बताए । चैतन्यको यो सहयोग समाजको लागि अनुकरणीय रहेको समेत विश्वकर्माले बताए ।

