धनगढी,८ जेठ । कैलालीमा चट्याङ् लागेर एक बालिकाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका – ९ की १५ वर्षीया ममता बिकको चट्याङ् लागेर मृत्यु भएको हो ।
उनको सोमवार पसलबाट घर फर्कने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
