धनगढी,७ जेठ । डडेल्धुरा अस्पतालमा ‘एक्स–रे फिल्म’ अभावका कारण समस्या भएको छ । ‘एक्स–रे फिल्म’ नहुँदा अहिले त्यहाँ आउने बिरामीलाई एक्स–रे कम्प्युटरबाट खिचेर डाक्टरलाई देखाउन भनिदै आएको छ । बिरामीहरुले पनि आफ्नो मोबाइलबाट फोटो खिचेर सोही एक्स–रे डाक्टरलाई देखाउँदै आएका छन् ।
एक्स–रे फाँटका कर्मचारीले ‘एक्स–रे फिल्म’ सकिएकाले काठमाडौंबाट मगाएको र त्यो आउन अझै केही दिन लाग्ने बताएको एक बिरामीले बताए । त्यो विषयमा आफूलाई जानकारी नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष कुमार गुप्ता बताए । उनले भने, ‘यो कुरा तपाईंसम्म पुगिहाल्यो र ! ’
कहिलेसम्म ‘एक्स–रे फिल्म’ आउँछ भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिले जसरी तपाईंले थाहा पाउनुभयो त्यो आएपछि त्यसरी तपाईंले थाहा पाइहाल्नुहुन्छ ।’