कञ्चनपुर , ६ जेठ / महाकाली नदीमा पौडी खेल्ने क्रममा एक किशोर डुबेर बेपत्ता भएका छन् । शनिबार साँझ कञ्चनपुर दोधारा चाँदनी नगरपालिका–९ ढकनाघाटनजिकै नदीन पौडी खेल्न गएका स्थानीय १७ वर्षीय विष्णु सुनार नदीमा डुबेर बेपत्ता भएका हुन् ।
शनिबार साँझदेखि बेपत्ता भएका सुनारको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनको खोजीका लागि गोताखोर टोलीसँगै प्रहरी र स्थानीय जुटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशी बताए ।