धनगढी, ५ जेठ / सुदूरपश्चिम प्रदेश स्तरीय नमुना युवा संसद अभ्यास कार्यक्रम २०८० आज सम्पन्न गरिएको छ । जेठ २ गतेबाट सञ्चालन गरिएको कार्यक्रम आज नमुना संसदीय अभ्यास गरेर समापन गरिएको हो।
जेठ २ गते प्रदेश प्रमुख नाजिर मियाको प्रमुखआतिथ्यतामा तथा युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुवँर अध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएको थियो । २ गते नै नमुना संसदीय अभ्यास बारे प्रशिक्षक प्रकाश उपाध्यायले सहभागिलाई केही आधारभूत प्रशिक्षण गराउनु भएको थियो ।
जेठ ३ गते सरकारले ल्याउने नीति तथा कार्यक्रम प्रस्तुत,र पारित गर्ने तरिका। नयाँ विधेयक ल्याउने कुराको प्रशिक्षणलाई नै निरन्तरता दिइएको थियो । जेठ ४ गते नमुना संसदीय अभ्यासलाई प्रस्तुत गरिएको थियो।
यसै गरी कार्यक्रमको अन्तिम दिन अर्थात् जेठ ५ गते नमुना संसदीय अभ्यासका साथै युवा परिषद्का राष्ट्रिय कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको छ।
सुदूरपश्चिमका ९ वटै जिल्लाका ५० जना युवायुवतीको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको हो । सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरि बिदाई गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुवँरले बताए।
युवाहरुको नेतृत्व विकासमा टेवा पुगाउने उद्देश्यले सामाजिक मन्त्रालयको आर्थिक सहयोगमा कार्यक्रम विगत ४ बर्ष यता गरिदै आएको समेत कार्यकारी उपाध्यक्ष कुवँरले बताए।
