धनगढी, २२ वैशाख / दशरथ चन्द बैतडी विद्यार्थी समाजको नयाँ कार्यसमिति चयन भएको छ। समाजको चौथो अधिवेशनबाट आशा बोहराको नेत्तृत्वमा १३ सदस्यीय कार्यसमिति बनेको हो ।
समाजका निवर्तमान अध्यक्ष चेतन विक्रम चन्दको नेतृत्वको कार्यकाल सकिएपछि नयाँ कार्यसमिति चयन गरिएको हो । एश्वर्य बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा आशा बोहरा ,उपाध्यक्षमा राकेश मडै, बासुदेव बडु सरस्वती महरा , सचिवमा करुणा चन्द , सह-सचिवमा रोहित महता, राजेन्द्र मडै कोषाध्यक्षमा सरस्वती भट्टराई, सह-कोषाध्यक्षमा महेश चन्द चयन हुनुभएको छ।

यस्तै कार्यसमितिको सदस्यमा वसन्त भाव पाण्डेय , दिपक चन्द , लक्ष्मण कलौनी लगायत १३ सदस्यीय कार्यसमिति चयन भएको विद्यार्थी समाजकी नव निर्वाचित अध्यक्ष आशा बोहराले बताइन्।
यस्तै कार्यसमितिमा ४ जना सदस्यहरू समाजको पहिलो बैठकमा सर्व- सहमतिका आधारमा मनोनयन गरिन उन्ले बताइन् ।