धनगढी, २० माघ/लोकदोहोरी गायक राजु ढकाल र देवी घर्तिले डेउडा ‘फूल क्यान फूल्दो हो’ सार्बजनिक गरेका छन् । सुदूरपश्चिमको भाका डेउडामा दुबै गायक ‘फूल क्यान फूल्दो हो’ मार्फत पहिलो पटक स्वर दिएका हुन् ।
गितमा सबै सुदूरपश्चिमका लय र भाकामा गित सजिएको छ । राजेन्द्र बिपी शाहको शब्द रहेको गितमा संगित र लय बिनोद बाजुरेलीले भरेका छन् । मालाश्री रेर्कडीङ्गमा रेकर्ड गरिएको गितको भिडियो बाजुराको त्रिबेणी ९ पैमाको दृष्य देखाईएको छ । भिडियोमा पैमामा भएको डेउडा खेल र संस्कृतिक कार्यक्रमलाई देखाईएको छ ।
पहिलो पटक सुदूरपश्चिमेली डेउडामा स्वर दिएर गित ल्याएकोमा निकै खुशी हुदै गायक राजु ढकालले सच्चैनै सुदूरपश्चिम डेउडाको खानीनै रहेको बताए । अझै सुदूरपश्चिमका डेउडा गित अझै तयारीमा रहेको समेत गायक ढकालले बताएका छन् ।
भिडियो बाजुराको डेउडा खेल र दृष्य देखाएर आफ्नो क्षेत्रको प्रचारप्रसार भएको भिडियो निर्माण सहयोगि राजेन्द्र खत्रीले बताएका छन् । बाजुरामा थुप्रै कलाकारको सम्भावना भएको क्षेत्र भएकोले यसलाई अझै राष्ट्रिय मुलधारमा संगिताक माध्यामबाट ल्याउनु पर्ने खत्रीले बताए ।
भिडियो