गजल
चाडपर्वमै विपत्ति आउँछ र पो मन रुन्छ ,
सुतेको विस्तराबाटै परान गलाउँछ र पो मन रुन्छ ।
दिनभरी काम गरि आराम गर्ने समयमा,
किसानहरुमा ब्रजपात छाउँछ र पो मन रुन्छ ।
बिना कसुर कसैलाई त लगिहाल्छ नै,
बाँचेकालाई शोकमा डुबाउछ र पो मन रुन्छ ।
अकल्पनीय घटना घटेर दिनका दिन,
धेरैको शरीर शरीरमै कुवाउँछ र पो मन रुन्छ ।
सँगै सुतेकी आमालाई कालले लगी दिएपछि,
नाबालक टुहुरो आमा भन्दै कराउँछ र पो मन रुन्छ ।
✍️ मिना बुढा